खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै नेपालले चैत १२ गते किर्गिस्तान र १४ गते बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुने तालिका छ । सबै खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा हुनेछ ।
प्रतियोगितामा नेपाल र बङ्गलादेशकाे सिनियर राष्ट्रिय टोलीको सहभागिता हुने भए पनि किर्गिस्तानको भने २३ वर्षमुनिको टोली सहभागी हुनेछ ।
विश्वकप छनाेटअन्तर्गतका घरेलु मैदानमा हुने खेल स्थगित भएपछि नेपालले मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।