एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जमाउने संकेत नरहेको युरोपियन युनियनको दाबी

 चैत ४, २०७७ बुधबार ६:४५:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपियन युनियनले अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जम्ने समस्या कुनै पनि हालतमा नरहेको र यो सुरक्षित रहेको दोहोर्‍याएको छ ।

खोपका कारण रगत जम्ने समस्या हुने कुनै संकेत नरहेको भन्दै युरोपियन मेडिकल एजेन्सी (यूएमए)ले यो खोप लगाएकै कारण रगतमा खराबी आउने कुरा गलत भएको दाबी गरेको हो । युरोपमा ७० लाख व्यक्तिलाई खोप लगाउँदा ३७ जनामा रगत जम्ने समस्या देखा परेपछि केही देशहरुले यो खोप लगाउन छाडेका छन् ।

खोपबारे प्रश्न उठेसँगै विश्व स्वास्थ्य संगठनका खोप सुरक्षा विशेषज्ञहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपबारे छलफलसमेत गरेको छ ।  विशेषज्ञ टोलीले खोपका कारण अथवा अरु कुनै कारण रगतमा समस्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ । खोपबारे अध्ययनको नतिजा केही दिनमै सार्वजनिक गर्ने विशेषज्ञ टोलीको तयारी रहेको छ ।

यो खोपले मानिसको शरीरमा फाइदा गर्ने र कोरोना भाइरससँग लड्न सहयोग गर्ने विशेषज्ञ टोलीले विश्वास लिएको छ । युरोपियन युनियनले भने रगतमै पहिलेदेखिकै खराबीका कारण यस्तो भएको हुन सक्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो खोप नरोक्न निर्देशन दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया