रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा

 चैत ४, २०७७ बुधबार ८:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दा समग्रमा रियल ४–१ गोलले जित दर्ता गर्न सफल भयो ।

रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गर्दा एटलान्टाका लागि लुईस मुरिएलले एक गोल फर्काएका थिए ।

१-० को अग्रतासहित एटलान्टालाई सान्टियागो बर्नबाउमा स्वागत गरेको रियलका लागि ३४ औं मिनेटमा करिम बेन्जेमाले गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

लुका मोड्रिडको प्रहार एटलान्टा गोलरक्षक मार्को स्पोर्टेल्लोले राम्ररी कलेक्ट गर्न नसक्दा रिबाउण्डमा बेन्जेमाले गोल गरेका हुन् । ६० औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरे । भिनिसियस जुनियरलाई रफायल टोलोइले बक्सभित्र फल गरेपछि रियलले पेनाल्टी अवसर पाएको थियो ।

८३ औं मिनेटमा एटलान्टाका लागि लुइस मुरियलले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरी खेलमा फर्कने प्रयास गरे पनि मार्को एसेन्सियोले त्यसको एक मिनेटपछि नै रियलका लागि तस्रो गोल गरे ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया