रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार ४० अङ्कले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ४० दशमलव चार अङ्कले बढेर २४ सय ३२ दशमलव १४ विन्दुमा पुगेको छ ।
बुधवार बैंकिङ समूहको शेयर १९ अङ्कले, व्यापार समूहको ४२, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २६, जलविद्युतको ३१, फाइनान्सको १३, माइक्रो फाइनान्सको एक सय १३, उत्पादनको ९८, जीवन बीमाको तीन सय ७२, निर्जीवन बीमा समूहको दुई सय २४, अन्यको ४७ र लगानी समूहको शेयर झण्डै डेढ प्रतिशतले बढेको छ ।
बुधवार दुई सय १२ कम्पनीका ८६ लाख २६ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको २० करोड रुपैयाँको शेयर कारोबार भयो ।
बुधवार चन्द्रागिरि हिल्ससहित ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि घलेम्दी हाइड्रो कम्पनीको शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।