खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - चौथो ट्वान्टी-ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।
इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे ।
यस्तै भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २/२ विकेट लिए ।
श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।
यस्तै इङ्ग्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २-२ को स्थितिमा पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।