खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – नेपाल सुपर लिग फुटबलका लागि खेलाडीको ‘अक्शन’ अर्थात् अनुबन्धको पहिलो चरणमा चार खेलाडी महँगो मूल्यमा अनुबन्ध भएका छन् । गोलकीपर दीप कार्की, मिडफिल्डर तेज तामाङ र सुनिल बल तथा गोलकीपर विशाल सुनुवार अधिकतम मूल्य दुई लाख रुपैयाँमा अनुबन्ध भएका हुन् ।
दीप कार्की पोखरा थन्डर्स, तेज तामाङ काठमाण्डौ रेन्जर्स, सुनिल बल विराटनगर सिटी र विशाल सुनुवार एफसी चितवनमा अनुबन्ध भएका छन् । तर राष्ट्रिय टिमका स्ट्राइकर जर्ज प्रिन्स कार्की, प्रिजेन तामाङ, कर्ण लिम्बु, दीपक राई भने अनुबन्ध हुन सकेनन् ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाण्डौ रेन्जर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
लिग दशरथ रङ्गशालामा आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।