खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठसहित आठ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा अनुबन्ध भएका छन् ।
शुक्रवार भएको अक्शनमा सुजलसहिज तेज तामाङ, सुनिल बल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् ।
मिडफिल्डर सुजल र गोलकीपर दीप पोखरा थन्डर्समा अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाण्डाै रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेशलाई धनगढी एफसी र मिडफिल्डर एरिक विष्टलाई ललितपुर सिटीले महँगो मूल्यमा अनुबन्ध गरेकाे हाे । 'ए' श्रेणीमा रहेका उनीहरूलाई क्लबले दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
यस्तै 'ए' श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्डर रविशङ्कर पासवानसहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुवास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।
नेपाल इभेन्ट्स प्रालीको आयोजनामा हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अक्शनका लागि एक सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको थियो । जसमा 'ए' मा २८, 'बी' मा ६३ र 'सी' मा ५८ खेलाडी रहेका थिए ।
नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न सात सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुने लिग वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।