बंगलादेशसँगको पहिलो एक दिवसीयमा न्युजिल्याण्ड विजयी

 चैत ७, २०७७ शनिबार १२:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।

घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९ रन जोडे । यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।

न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २/२ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया