४० वर्षपछि भारतीय जेलबाट मुक्त हुनुभएका दुर्गाप्रसादले आमालाई भेटेर मिठाई खुवाइदिनुभयाे

 चैत ८, २०७७ आइतबार १७:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

इलाम चालिस वर्षपछि भारतीय जेलबाट मुक्त हुनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आमालाई भेट्नुभएको छ । आइतवार दिउँसाे घरमा पुगेपछि दुर्गाप्रसादले ८५ वर्षीया आमालाई भेटेर मिठाई खुवाइदिनुभयो । 

छोरालाई भेटेपछि आमा धनमाया तिम्सिनाले छोरो आउँछ भनेर बाटो हेरिरहेको र अहिले छाेराे घर आइपुग्दा खुसी लागेको बताउनुभयो । 

चालीस वर्ष भारतको कोलकातामा रहेकाे दमदम जेलमा विना सुनुवाइ बिताउनुभएका इलामको माई नगरपालिका १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना घर पुग्नुभएकाे हाे । 

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिवार उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।

दुर्गाप्रसाद घर पुग्दा उहाँलाई हेर्न गाउँलेहरू जम्मा भएका थिए ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया