रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – आउँदो वसन्तयाममा नेपालको हिमाल आरोहणका लागि तेस्राे समूहले अनुमति लिएको छ ।
अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या २० पुगेको छ ।
यसअघि चार जनाको एउटा समूहले नुप्त्से हिमाल र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।
यसैबीच सगरमाथा आराेहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरूको टोली सगरमाथा आधार शिविरबाट उकालो लागेको छ । आधार शिविरबाट दोस्राे शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट खटिएका आइसफल डाक्टरहरू हिउँमा बाटो बनाउँदै आधार शिविरबाट माथितर्फ गएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।