रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सरकारले बजार अनुगमनको क्रममा बाधा पुर्याउने व्यापारीको दर्ता नै खारेजी गर्ने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्याउने व्यापारीको दर्ता नै खारेज गर्ने तयारी गरेको जानकारी दिएको छ । नागरिक ठग्ने र बजार अनुगमनमा बाधा पुर्याउने व्यापारीलाई कारबाहीको लागि मंगलबार मन्त्रिस्तरीय बैठक बस्ने तयारी रहेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।
सोमबार कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको भन्दै मंगलबार निर्णय गरेर अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज गर्ने र थप कारबाही गरिने ढकालले जानकारी दिनुभयो ।
कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रवक्ता ढकालले ठग्नुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीको साथ नलाग्न पनि अन्य व्यापारीलाई आग्रह गर्नुभयो ।
यस्तै सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने घोषणा गरेका छन् । सोमबार सरकारले कालिमाटी तरकारी बजारको अनुगमन गर्दा हुँदै नभएका नियमको भरमा आफ्ना नेता पक्राउ गरेको भन्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने जनाएको छ ।
सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने र जफत भएको २ गाडी तरकारी पनि फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको हो ।
त्यसपछि व्यापारीले नाराबाजी गर्दै अनुगमन टोलीलाई नै थुनेपछि प्रहरीले तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।