नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५-० ले हरायो, अनिताको १६ गोल

 चैत १०, २०७७ मंगलबार २१:५५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । 

मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २/२ गोल गरे । 

पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा यो अहिलेसम्मकै ठूलो अन्तरको जीत हो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया