नेपाल र किर्गिस्तानबीचकाे खेल बराबरीमा सकियाे

 चैत १२, २०७७ बिहीबार १९:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियाेगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएकाे खेल बराबरीमा सकिएकाे छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् । 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेन । किर्गिस्तानकाे टाेली दश खेलाडीमा सीमित भए पनि नेपालले माैकाकाे फाइदा उठाउन सकेन ।

खेलकाे ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामाेलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरकाे बाटाे देखाएका थिए ।  

अब आउँदाे शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्याे खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिकाे खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेकाे छ ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया