खडेरी र मानवीय लापरबाहीले डढेलो फैलँदै : नियन्त्रण गर्न छैनन् आवश्यक जनशक्ति

 चैत १५, २०७७ आइतबार ११:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लामो समयसम्म पानी नपर्दा र मानवीय लापरबाहीका कारण आगलागीका घटना बढेको सरकारले निष्कर्ष निकालेको छ ।

लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरबाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसपालिको प्रि मनसुनमा मौसमविद्ले पानी पर्ने सम्भावना खासै नभएको बताएकाले आगलागी र डढेलोको जोखिम अझै धेरै रहेको छ । यस्तै आवश्यक जनशक्ति र प्रयाप्त आधुनिक उपकरण नहुँदो डढेलो र आगो निभाउन समस्या भइरहेको छ ।

अहिले देशका विभिन्न ४० ठाउँमा डढेलो नियन्त्रणका लागि उपकरण तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । उपकरणको अभावमा यो वर्ष पाथिभराको जंगललगायत ठाउँमा लागेको आगो निभाउन निक्कै समस्या भएको थियो ।

यस्तै आवश्यक ऐन कानुनको अभावले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उहाँको भनाइ छ । हिजोमात्रै ५१ जिल्लाका विभिन्न २०९ ठाउँमा डढेलो लागेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि तयारी थालेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम भैरहेको छ । सरकारी तथ्याङ्क अनुसार यस अघि सन् २००९ मा सबैभन्दा धेरै आगलागी र डढेलो लागेकोे थियो ।

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया