पशुपतिमा नित्यपूजा र भेटीबाट उठ्यो साढे १५ करोड, भट्ट र कर्मचारीको तलब कति ?

 भदौ ५, २०७५ मंगलबार १२:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले गएको अर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७४/७५ मा ५ करोड रुपैयाँ भन्दा धेरै रकम भेटीमार्फत संकलन गरेको छ ।

कोषले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदनमा पशुपतिनाथको मन्दिरमा भेटीमार्फत ५ करोड ७९ लाख रुपैयाँ संकलन गरेको जनाएको छ । गएको वर्षमा पशुपतिनाथमा विशेष पूजामार्फत मात्रै ७ करोड ७८ लाख संकलन भएको छ । 

सरकारको अनुदानसहित गएको आर्थिक वर्षमा पशुपति क्षेत्र विकास कोषले ६८ करोड १४ लाख २१ हजार आम्दानी गरेको छ । 

यस्तै गएको वर्ष ५ करोड ११ लाख रुपैयाँ भन्दा धेरै मूल भट्टसहितका कर्मचारीको लागि खर्च गरिएको कोषले जनाएको छ । गएको आर्थिक वर्षमा ५ करोड ११ लाख रुपैयाँ मन्दिरका भट्ट, भण्डारी तथा रकमी कर्मचारीको तलबमा खर्च भएको हो ।

गएको वर्ष विशेष पूजामा ३ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ भने नित्य पूजामा ३७ लाख रुपैयाँ खर्च भएको कोषले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया