सर्वोच्चमा निवेदन बुझाएपछि प्रचण्डको प्रतिक्रिया : केही दिनभित्रै फैसला पुनरावलोकन हुन्छ

 चैत १७, २०७७ मंगलबार १२:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ ।

फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताउनु भएकाे छ ।

उहाँले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएकाे उहाँले बताउनुभएको छ । गएको फागुन २३ गते पार्टीको नाम सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । 
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया