धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
कैलाली – कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गतेसम्म टी–२० फर्म्याटमा प्रतियोगिता हुने भएको हो ।
धनगढी क्रिकेट एकेडेमीमा आज भएको पत्रकार सम्मेलनमा गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले प्रतियोगितामा आठ वटा टोली सहभागी हुने र तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । डीसीए धनगढी, सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौ, फेन्ड्रस युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोस्टन क्रिकेट झापा सहभागी हुने भएका छन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ जना खेलाडी समावेश गर्न पाइनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यू–१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यू–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू–१९ र यू–१६ का खेलाडी र अन्य खेलाडी रहेका छन् ।
यस वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश गराएर प्रतियोगिता आयोजना गर्न लागिएको हो । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको अर्जुन ट्रफीकाे विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।
नकआउटका आधारमा हुने प्रतियाेगिताका सबै खेल धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा चार वटा पिच निर्माण भइसकेका छन् ।
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनावरण गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।