धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – सायम कलेजले हरेक वर्ष आयोजना गर्ने सायम प्रिमियर लिग (एसपीएल) प्रतियोगिताको पाँचौं संस्करणका लागि भोलि अक्शन हुने भएको छ । अक्शनपछि प्रतियोगिताको मिति निर्धारण गरिने कलेजले आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीसहित एउटा टोलीमा चार जना अन्य कलेजमा पढ्ने विद्यार्थीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । तर अन्य विद्यालयका विद्यार्थी पनि पोखरा विश्वविद्यालयअन्तर्गतकै कलेजमा पढेको हुनुपर्नेछ । प्रतियोगितामा चार वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सायम नाइटराइडर्स, सायम च्यालेन्जर्स, सायम ब्लास्टर्स र सायम सुपर किंग्स नामका टिम रहने छन् । प्रतियोगिताका सबै खेल मूलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा हुनेछ ।
अक्शनका लागि मार्की खेलाडीको निर्णय भइसकेको र ८० जना खेलाडीको नाम दर्ता भएको छ । त्यसमध्ये ६० जना खेलाडीले चार वटा टिमबाट खेल्नेछन् । खेल १५ ओभरको खेलाइने प्रतियोगिताका संयोजक अभिषेक भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।