घाँस काट्न गएका महोत्तरीका ७ किशोरी एकैसाथ बेपत्ता

 चैत १८, २०७७ बुधबार ८:२३:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

हिजो दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका परिवारका सदस्यले बताएका छन्  ।

हराएका सातै जना एउटै टोलका हुन् । उनीहरु हराएकोबारे प्रहरीमा खबर  गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताउनुभयो । उहाँका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई घाँस काट्दै गरेको स्थानियवासीले  देखेका थिए ।

उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले बताउनुभयो  । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हराइरहेकाहरुको खोजीमा प्रहरी टोली खटाइएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Jayprakash Mahato

    March 31, 2021, 11:17 a.m.

    ती किशोरीहरु लाई कसरी बेपत्ता भाको छ । या कसैले उनीहरु अपहरण गरेको छ । कि उनीहरुलाई छिटोभन्दा छिटो खोजतलास गर्नको लागि नेपाल सरकारले छिट्टै उनिहरुलाइ उधार गर्न को अनुरोध गर्न चाहन्छु । र उनिहरुलाइ घरमा पुरियादिन को अनुरोध गर्न चाहछु । ती किशोरि या बालिकहरुलाई उनिहरु अगुवा गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो कामकारबाही सुरु गर्न को लागि अनुरोध गर्न चाहछु । अहिले नेपालमा सबैभन्दा बढी बलात्कार जस्तो घटना सार्वजनिक भइरहेको छ । SO PLEASE SAVE THE DAUDHTER The Government of Nepal must be responsible

  •  0 Reply

तपाईको प्रतिक्रिया