घाँस काट्न जाँदा हराएका बालिका र किशोरी भेटिए

 चैत १८, २०७७ बुधबार १०:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिनुभयो । अहिले प्रहरी त्यसतर्फ गएको पनि उहाँले जानकारी दिनुभयो । 

हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए  ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया