खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनाेट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ ।
गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह 'आई'मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।
यस्तै, विश्वकप छनाेट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् ।
स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान ४-० गोल अन्तरले पराजित गरे । यस्तै,अर्मेनियाले रोमानियालाई ३-२ गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग ३-१ गोल अन्तरले पराजित भयो ।
यस्तै, इटलीले लुथिनियालाई २-० गोल अन्तरले हरायो । ग्रीस र जर्जियाले १-१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई १-० गाेल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एक/एक गोलको बराबरी खेले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।