खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहान भएको महिलातर्फको पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो ।
प्रतियोगिता अन्तर्गत अहिले पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब खेलिरहेका छन् । योसहित आज पुरुषतर्फ तीन खेल हुनेछ ।
आजै दोस्रो खेलमा एपीएफले बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबसँग खेल्ने छ । महिलातर्फ भने आज अरु खेल छैन । आजदेखि सुरु प्रतियोगिता आउँदो बिहीवारसम्म चल्नेछ । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
महिला र पुरुष विजेताले ३ लाख नगद तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, तेस्रो हुनेले ७६ हजार र चौथो हुनेले ३७ हजार ५ सय रुपैयाँ पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।