एनभीए भलिबल प्रतियोगितामा महिलातर्फ पुलिस र एपीएफको विजयी सुरुवात

 चैत २०, २०७७ शुक्रबार १९:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा शुक्रवार भएको खेलमा पुलिस क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई तीन–शून्यको साेझाे सेटमा हराएको हो । पुलिसले भरतपुरलाई २५–४, २५–८ र २५–१२ ले जित्दै तीन अङ्क जोडेको छ । 

यस्तै महिलातर्फ नै एपीएफ क्लबले ढोरपाटन स्पाेर्ट्स क्लबलाई तीन–शून्यकाे सोझो सेटमा हरायो । एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ को सेटमा जित्यो । एपीएफले पनि तीन अङ्क जोडेको छ ।

ढोरपाटनको यो दोस्रो हार हो । पहिलो खेलमा ढोरपाटनलाई न्यु डाइमण्ड स्पोर्ट्स क्लबले हराएको थियो ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया