आउँदाे आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ: गभर्नर नेपाल

 भदौ ५, २०७५ मंगलबार १६:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिनिधिसभाको अर्थ समितिले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्रसमितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको हो । अझै पनि मुलुकको १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन सकेको छैन ।

समितिले वित्तीय तरलता आउन नदिन नेपाल राष्ट्र बैंकसँग योजना माग गर्ने निर्णय पनि गरेको छ । वित्तीय तरलता आउन नदिने योजना नेपाल राष्ट्र बैंकसँग माग गर्ने निर्णय पनि गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

बैठकमा समितिमा सदस्यहरुले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वित्तिय तरलता आउन नदिन आवश्यक योजना बनाउन नेपाल राष्ट्र बैंकलाई सचेत गराउनुभयो । उहाँले लगानी बढाउने नेपाल राष्ट्र बैंकको योजना के छ भनि प्रश्न पनि गर्नुभएको थियो ।

कार्यक्रममा गभर्नर नेपालले वित्तीय तरलता हुन नदिने पनि बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई सहज ढंगले अघि बढाउन आवश्यक लगानी गर्न बैंकहरु सक्षम रहेको समितिलाई जानकारी गराउनुभयो ।

गभर्नर नेपालले आउँदाे आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको पनि बताउनुभयो ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका उहाँले हरेक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाउने गरी नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढन पनि ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले दिर्घकालीन लगानी सुनिश्चित हुने गरी आफ्नो कार्ययोजना बनाउन पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका थिए ।

 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया