स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाै - अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाको आज जन्मदिन परेको छ ।
विक्रम सम्वत २०३९ साल भदौ ५ गते मोरङमा जन्मेकी रेखा आज देखि ३५ वर्षमा प्रवेश गरेकी छिन् । आज जन्मदिन परेकी रेखालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिनेहरुको ओइरो लागेको छ ।
त्यस्तै उनलाई फोनमार्फत पनि जन्मदिनको शुभकामनाहरु आइरहेका छन् । रेखाले सिनेमामा आउनुभन्दा अगाडि सन् १९९९ को मिस नेपालमा सहभागिता जनाएकी थिईन् ।
जसमा उनी उत्कृष्ट १० मा पर्न सफल भएकी थिईन् । त्यसपछि उनको सिने करिअरको शुरुवात भयो सिनेमा ‘हिरो’बाट ।
यो सिनेमालाई छविराज ओझाले निर्माण गरेका हुन् । पहिलो सिनेमा नै सफल भएपछि उनको सिने करिअर लगातार अघि बढ्यो । अहिलेसम्म रेखाले दुई सय सिनेमामा काम गरिसकेकी छिन् ।
व्यवसायिक जीवनमा सफल रहेकी रेखाको व्यक्तिगत जीवन भने सफल छैन, जुन सबैसामु छर्लंग छ । सिनेमामा प्रवेश गरेलगत्तै निर्माता ओझासँग रेखाको विवाह भयो ।
तर बिडम्वना विवाहको ११ वर्षमा उनीहरुको सम्बन्ध विच्छेद भयो ।
रेखा ६ वर्ष अघि छविराज ओझासँग अलग भइन् । कानुनी रुपमा भने उनीहरु दुइवर्ष अघि मात्रै अलग भएका हुन् ।
जीवनका साढे तीन दशक काटिसक्दा पनि रेखाको दोस्रो विवाहको सुरसार छैन । छविसँग अलग भएपछि उनी आमा सरस्वती थापासँग बस्दै आएकी छिन् ।
पछिल्लो समय आफ्ना सिनेमा आफैं निर्देशन गर्दै आएकी रेखा यतिबेला सिनेमा मालिकाको प्रचारमा जुटेकी छिन् । उनको यो सिनेमा तिहारको छेको पारेर प्रदर्शनमा आउँदैछ । यस सिनेमामा रेखा थापासँगै कमला वली मुख्य भूमिकामा छन् ।
उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Uvisuddhasara
Aug. 21, 2018, 7:14 p.m.रेखाजस्ती रानी अजै देखेनौं नेपालमा
Kishor Shrestha
Aug. 21, 2018, 7:06 p.m.Desh ko PM chiari Hos