रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – पुनर्वहालीको मुख्य मागसहित आन्दोलन गर्दै आएका साझा प्रकाशनका पूर्व कर्मचारीहरुले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गरेका छन् ।
पूर्व कर्मचारीहरुले आफूहरुलाई स्वेच्छिक अवकाश दिने बेलामा गरिएको शर्त अनुसारको सेवा तथा सुविधा नदिएको भन्दै मंगलबार साझाका महाप्रबन्धक शर्माको राजीनामा माग गरेका हुन् । पूर्व कर्मचारीहरुले उपदानसहितको सेवा सुविधा नदिएकै कारण आफूहरु समस्यामा परेको गुनासो पनि गरेका छन् ।
आफूहरुको सेवा र सुविधा उपलब्ध गराउन नसकेको भन्दै पूर्व कर्मचारी सतिश मजगैयाले महाप्रबन्धक शर्माको राजीनामा माग गरेका छ । उनले महाप्रबन्धक शर्माले आफन्त र राजनीतिक पहुँचका आधारमा नयाँ कर्मचारी करारमा राखेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
अर्का पूर्व कर्मचारी अतिसमान श्रेष्ठले उपदानसहितको सेवा र सुविधा दिने शर्त पालना नगरेपछि आफूहरु मारमा परेको गुनासो गरेका छन् ।
यता, महाप्रबन्धक शर्माले भने अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई उपादानका लागि सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको बताएका छन् । आफूले ६३ करोड ऋणमा डुबेको साझालाई जोगाएको दावी गर्दै आफ्नो राजीनामा माग गर्नुको कारण पुष्टि गर्न उनले चुनौती पनि दिए ।
कर्मचारीहरु असार ३२ गतेदेखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन् । साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ जना गरी १ सय २८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए ।
साझाले अवकास प्राप्त कर्मचारीहरुको उपदानबापत १७ करोड बराबरको रुपैया दिन बाँकी छ । उपदानलगायत सेवा सुविधाको माग गर्दै पूर्व कर्मचारीहरुले साझा प्रकाशनमा धर्ना दिएको मंगलबार ३६ दिन पुगेको छ । उनीहरुले आफूहरुको माग सम्बोधन नभइसम्म धर्नालगायतका आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।