ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश एकले लुम्बिनीलाई १० विकेटले हरायाे

 चैत २३, २०७७ सोमबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय पाँच रनको लक्ष्य प्रदेश एकले १३ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍याे । प्रदेश एकका लागि कप्तान रुविना क्षेत्रीले अविजित ६८ रन बनाइन् ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले दुई विकेट गुमाएर एक सय चार रन बनाएको थियो । उसका लागि सरस्वती जीएमले ५० रन बनाइन् ।

प्रतियोगितामा पाँच टाेली सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया