रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
खोटाङ – खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका छन् ।
२०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएपछि फरार रहेका राई लामो समयपछि पक्राउ परेका हुन् ।
जिल्ला अदालतले २०७३ साल कार्तिक २९ गते २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाइएपछि फरार भएका राईलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार शाखा दिक्तेल थुनामा पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
सुरुमा जिल्ला अदालतले २०७३ साल भदौ २१ गते मागेको १९ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका राई धरौटी बुझाएर केही दिनपछि रिहा भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।