रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीलाई प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिँड्न आग्रह गर्नुभएको छ ।
सांसद थापाले अन्तर्वार्ताहरुमा रमाइलो र रोइलो गर्न छोडेर संघीयतालाई सफल बनाउन लागि पर्न पनि गम्भीर ध्यानाकर्षण गराउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री सफल र संघीयता असफल बनाउने काममा प्रधानमन्त्री लाग्न नहुने पनि बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले तत्काल वीरगंज चिनी कारखाना पुनः सञ्चालमा ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले त्यो चिनी कारखाना सञ्चालनमा ल्याउनका लागि सहकारी संस्थाहरुसँग सहकार्य गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
कांग्रेस सांसद एवम् उद्योगपति विनोद चौधरीले देशले नागरिकबाट उठाएको करको सदुपयोग गर्न नसकेको दावी गर्नुभयो । उहाँले करदाताले धान्न सक्ने करको प्रावधान बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटाले तातोपानी–कोदारीमा तटबन्ध निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बाह्रबिसे–तातोपानी सडकखण्ड सुरु गराउन पनि सरकारसँग आग्रह गर्नुभयो ।
स
त्तारुढ दलका अर्का सांसद जनार्दन शर्माले जाजरकोट, रुकुमलगायतका जिल्लाहरु पहिरोको चपेटामा परेको उल्लेख गर्दै पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।