विमान खरिदमा घोटाला गरेर कम्युनिष्ट पार्टीले सत्ताकब्जाकाे षड्यन्त्र गर्दैछ: पाैडेल

 भदौ ५, २०७५ मंगलबार १९:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब जनताको जीवनमाथि खेलबाड गरिरहेको आरोप लगाउनु भएको छ । 

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागिपरेको आरोप पनि लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरिरहेको दावी पनि गर्नु भयो ।

कांग्रेस नेता पौडेलले सरकारलाई जथाभावी चल्न नदिन पार्टीभित्रको एकता बलियो हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया