मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन शुरू
असोज ४, २०८१ शुक्रबार
कास्की – पोखरामा भइरहेकाे १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ ।
पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगकाे भेट पक्का गरेको हो ।
सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलकाे २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक–शून्यले पछि परेको थ्री स्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।
खेलकाे ६८ औँ मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डीबक्सतर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि ब्याक पास उपलब्ध गरे । तामाङले क्रस बार च्याप्दै गोल गरेपछि पुलिस अग्रता दाेब्बर भयाे ।
खेलकाे ७४ औँ मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङले नेपाल पुलिसका लागि तेस्रो गोल गर्दा टाेली फराकिलो नजितातर्फ अगाडि बढ्यो । ८६ औँ मिनेटमा सुमन लामाको पासमा सौजन राईले क्लिन फिनिशिङ गर्दै नेपाल पुलिसलाई चार–शून्यकाे अग्रतासँगै जित सुनिश्चित बनाए ।
म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधवार पहिलाे सेमिफाइनल खेल सङ्कटा र एपीएफबीच हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।