च्याम्पियन्स लिग : लिभरपुललाई हराउँदै रियल मेड्रिडकाे जित

 चैत २५, २०७७ बुधबार ९:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले हराँदै जित निकाेलेकाे हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरकाे दुई गोल र मार्को एसेन्सियोकाे एक गोल रह्याे । लिभरपुल भने मोहमद सलाहले गरेकाे एक गोलमै सीमित रह्याे ।

याे जितसँगै रियल मेड्रिडकाे सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दाेस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने चुनाैती थपिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया