आहा रारा गाेल्डकप : सेमिफाइनलका खेल आजदेखि सुरु

 चैत २५, २०७७ बुधबार १०:४८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छन् ।

पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल हुँदैछ ।  खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ । एपीएफले आयोजक सहारा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियसनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिबार हुनेछ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया