रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
आयोगका सदस्य पाठकले मानव अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरीत आएको नयाँ मुलुकी ऐन नागरिकलाई पाच्य नहुने चेतावनी पनि दिनुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नयाँ मुलुकी ऐनमाथि पत्रकार, चिकित्सकहरुले प्रश्नैप्रश्न उठाएको उल्लेख गर्दै उहाँले त्यस ऐनमा आफू पनि सहमत हुन नसक्ने पनि स्पष्ट पार्नुभयो ।
सरकारले गएको भदौ १ गतेबाट लागू गरेको नयाँ मुलुकी ऐन संविधानसम्मत नभएको आयोगका सदस्य पाठकको तर्क छ । उहाँले त्यस ऐनका विषयमा आयोग भित्र छलफल भईरहेको र छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।
आयोगका सदस्य पाठकले सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।