यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बुधवार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न पनि अनुरोध गरेको छ ।
यस्तै मन्त्रालयले काठमाण्डौ, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढ्दो रहेको भन्दै सम्पूर्ण शैक्षिक संस्थाहरुमा सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
‘जोखिम बढेका ठूला सहरहरुमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भिडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्न–गराउन मन्त्रालय सबैमा अनुरोध गर्छ’, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले विदेशबाट फर्केपछि घरमा क्वरेण्टीनमा रहेका र सङ्क्रमित भएर घरमै आइसोलेशनमा रहेकालाई तोकिएका मापदण्ड अपनाउन पनि अनुरोध गरेको छ ।
यस्तै कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा घटना अनुसन्धानका लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन सम्बन्धित स्वास्थ्य कार्यालयहरु तथा पालिकाहरुलाई अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।