एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

 चैत २६, २०७७ बिहिबार १३:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३-० को सेटमा हराउँदै उपाधि जितेको हो ।

च्याम्पियन बनेको हेल्प नेपालले एपीएफलाई २५-१४, २५-२० र २५-२२ को सोझो सेटमा हरायो । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै हेल्प नेपालले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाएको छ । नेपाल भलिबल संघले गरेको प्रतियोगितामा पुरुषतर्फ सात टिमको सहभागिता रहेको थियो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया