राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता : महिलातर्फ न्यु डायमण्ड च्याम्पियन

 चैत २६, २०७७ बिहिबार १९:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई तीन–दुईको सेटमा हराउँदै उपाधि उचालेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमण्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको थियो ।  

जितसँगै डायमण्डले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपको दोस्रो उपाधि जितेको छ । यसअघि पहिलो संस्करणमा विभागीय टोली एपीएफलाई हराएर न्यु डायमण्ड उपाधि जित्न सफल भएको थियो ।

उपाधि जितेकाे न्यु डायमण्डले पुरस्कार स्वरूप तीन लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्‍याे । तेस्रो भएको एपीएफले ७५ हजार रुपैयाँ प्राप्त गर्‍याे ।  

यस्तै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब विजेता बनेकाे छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया