खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विभागीय टोली एपीएफ क्लब अपराजित रहँदै काठमाण्डाैमा भइरहेकाे ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा भएकाे खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ४० रनले हराएकाे हाे । एपीएफले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा दुई विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन् । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहँदै २१ रन जोडिन् । नितु भण्डारीले १७ रन बनाइन् । एपीएफकी बिनु बुढा र रेखा रावलले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । कप्तान सीता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीकी स्वतिका बजगाईँ र कृतिका मरासिनीले दुई/दुई विकेट लिए ।
अब उपाधिका लागि एपीएफले सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।