बेलायतका राजकुमार फिलिपकाे निधन

 चैत २७, २०७७ शुक्रबार १७:५७:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति  राजकुमार फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे निधनकाे घाेषणा गरेकाे हाे । 

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बन्नुभएकाे थियाे ।  

बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेकाे छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएकाे छ । राजकुमार फिलिपकाे विन्डसर क्यालमा शुक्रवार बिहान निधन भएकाे हाे ।

बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले राजकुमार फिलिपले कैयाैँ युवाकाे जीवनमा प्रेरणा दिएकाे बताउनुभएकाे छ । 

गएकाे महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया