आहा रारा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अफ्रिकन रुट्स खेल्दै

 चैत २८, २०७७ शनिबार ८:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने फाइनल खेलमा सङ्कटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेका छन् । फाइनल खेलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । सङ्कटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

अफ्रिकन रुट पहिलो सहभागितामै फाइनलमा पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै सङ्कटासँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले टिमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया