ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

 चैत २८, २०७७ शनिबार १४:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।

कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय सात रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विन्दू रावतको नटआउट ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो ।

प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार पाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया