खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।
पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो ।
प्रतियोगिताको विजेता संकटाले १० लाख १ हजार रुपैँया पुरस्कार हात पारेको छ । उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।