पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई उज्यालोको स्वागत तथा बधाई कार्यक्रम

 चैत ३०, २०७७ सोमबार १४:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई  कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखा (उज्यालो) ले बधाई तथा सम्मान गरेको छ ।

विपुल पोख्रेल नेतृत्वको नयाँ नेतृत्वलाई प्रतिष्ठान शाखाले साेमवार एक कार्यक्रम गरेर स्वागत तथा बधाई दिएको हो । कार्यक्रममा अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, सचिव गोविन्द चौलागाईँलगायत पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष पोख्रेलले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारको हक हितका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले उज्यालो रेडियोले नेपाली पत्रकारितामा ठूलो योगदान पुर्‍याएकाे र कोरोना महामारीमा धेरैलाई सत्य, तथ्य सूचना दिएर महामारीको रोकथाममा सहयोग गरेको भन्दै धन्यवाद पनि दिनुभयो ।

यस्तै महासचिव रोसन पुरीले आफूले चुनावमा गरेका वाचा कार्यान्वयन गर्ने बताउँदै श्रमजीवी पत्रकारको लागि उज्यालो रेडियाे नेटवर्क तथा अनलाइनले सधैँ राम्रो काम गरेको बताउनुभयो ।

यस्तै कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले महासङ्घको केन्द्रीय समिति र शाखासँग जहिले पनि सुमधुर सम्बन्ध रहेको र महासङ्घका उचित मुद्दामा सहकार्य गर्न तयार रहेको बताउनुभयो । रेडियोले समुदायमा धेरै सकारात्मक परिवर्तन ल्याउन भूमिका खेलेको उल्लेख गर्दै गुरागाईंले रेडियोको सङ्ख्या नभइ गुणस्तरीय सामग्री उत्पादनमा महासङ्घले पनि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कम्युनिकेशन कर्नर शाखाका अध्यक्ष अर्जुन पोख्रेलले महासङ्घको नयाँ नेतृत्वले चुनावका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने र महासङ्घमा श्रमजीवी पत्रकारलाई मात्रै सदस्यता दिनुपर्ने बताउनुभयो ।   

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया