विराट गोल्डकप : सेमिफाइनलको संस्करण आजदेखि

 बैशाख १, २०७८ बुधबार ९:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् ।

सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका विजेता संकटा ब्वाइज स्पोटिङ्ग क्लब विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएशनलाई १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पञ्जाब पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोलरहित बराबारी खेले । विराट गोल्डकपको पूर्व विजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोर्लीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छन् । १९ औं आहा–रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया