विराट कोहलीलाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताको शीर्षस्थानमा

 बैशाख १, २०७८ बुधबार १७:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानका ब्याट्सम्यान बाबर आजम आईसीसी एकदिवसीय वरीयताको शीर्षस्थानमा पुगेका छन् ।

आईसीसी वरीयतामा लामो समयसम्म शीर्षस्थानमा रहेका भारतीय ब्याट्सम्यान विराट कोहलीलाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताको पहिलो नम्बरमा पुगेका हुन् । उनले आठ सय ६५ रेटिङ पाएका छन् । विराट कोहली आठ सय ५७ रेटिङसहित वरीयताको दोस्रो स्थानमा छन् ।

बाबर आजम आईसीसीको शीर्षस्थानमा पुग्ने पाकिस्तानका चौथो खेलाडी हुन् । यसअघि सन् १९८३–८४ मा जहीर अब्बास, सन् १९८८–८९ मा जावेद मियान्दाद र सन् २००३ मा मोहम्मद यूसुफ आईसीसी वरीयताको शीर्षस्थानमा पुगेका थिए । 

यस्तै वरीयताको तेस्रो स्थानमा आठ सय २५ रेटिङसहित भारतका रोहित शर्मा छन् । न्युजिल्याण्डका रस टेलर आठ सय एक रेटिङका साथ चौथो नम्बरमा रहँदा अस्ट्रेलियाका एरोन फिन्च सात सय ९१ रेटिङसहित पाँचौँ नम्बरमा छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया