पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने

 बैशाख ३, २०७८ शुक्रबार १४:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् । 

गएकाे आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातकाे काँधमा चाेट लागेर घाइते भएका पारसले भाेलि (शनिवार) देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियाेगिता गुमाउने भएका हुन् । प्रतियाेगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई/तीन आराम गर्नुपर्ने देखिएकाे बताएका छन् । आफूले प्रतियाेगिता गुमाए पनि नेपाली टाेली राम्राे रहेकाे र जित्ने उनले विश्वास व्यक्त गराएका छन् । 

कीर्तिपुर मैदानमा वैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।    

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया