आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई

 भदौ ६, २०७५ बुधबार १४:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेवाग्राहीको आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बुधबार बसेको बैठकले सेवाग्राहीको आवास निर्माणसम्बन्धि गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय गरेको हो ।

निजी निवास निर्माणको गुनासोमा देखिएको समस्या सम्बोधन गरी प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पुनर्निर्माणको कामलाई तीव्रता दिने गरी आवश्यक कर्मचारीहरु थप गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणले भूकम्प प्रभावित ३ वटा जिल्लामा ५ वटा एकीकृत बस्ती विकास गर्ने योजना पनि स्वीकृत गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर २ मा ४० घरधुरी रहेको नोर्बुलिङ्ग एकीकृत बस्ती विकास योजना, ७० घरधुरी रहेको मेलम्ची नगरपालिका नमदोलिङ  एकीकृत बस्ती विकास योजना, भोटेकोशी गाउँपालिका वडा नम्बर ५ मा त्याङतली एकीकृत नमुना बस्ती विकास योजना स्वीकृत गरिएको छ । 

त्यसैगरी रामेछाप जिल्लाको मन्थलीस्थित माझी बस्तीमा २४ घरधुरी रहेको गाईखुरा एकीकृत बस्ती विकास योजना र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेवपुर नगरपालिकामा तीनधारा होमस्टेसहितको एकीकृत नमुना बस्ती विकास गर्ने योजना पनि बैठकले स्वीकृत गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले पुनर्निर्माणको कामसँगै एकीकृत नमूना बस्ती विकासको कार्यक्रमलाई पनि अघि बढाएको छ । त्यही कामलाई पनि तीव्रता दिने गरी भूकम्प प्रभावित जिल्लाहरुमा थप ५ वटा एकीकृत विकास बस्ती योजना अघि बढाउने प्रस्ताव स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली  दोस्रो पटक नियुक्त भएपछि बसेको प्राधिकरण कार्यकारी समितिको पहिलो बैठकमा सचिव अजुनकुमार कार्कीले प्राधिकरणको हालसम्मको कामकारबाहीबारे बैठकलाई जानकारी गराउनु भएको थियो । 

प्राधिकरणले आगामी साढे २ वर्ष भित्र काम सम्पन्न हुने गरी पुनर्निर्माणको कामलाई अघि बढाएको छ । निजी निवासको काम भने चालू आर्थिक वर्ष भित्रै सम्पन्न हुनेगरी कामलाई तीव्रता दिने पनि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया