नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि सुरु भएको छ ।
सोमबार सरकारले अनुगमन गरेपछि व्यापारीले बन्द गराएको कालीमाटी फलफूल तथा तरकारी बजार बुधबार बिहानबाट पुनः सुरु गरिएको हो । बजार खुले पनि तरकारीको उपलब्धतामा भने उल्लेख्य कमी आएको छ ।
सरकारले आफूखुसी अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको भन्दै व्यापारीहरुले सोमबार दिउँसोबाट बजारमा फलफूल तथा तरकारीको बिक्री वितरण बन्द गराएका थिए । तर सरकारले दबाब दिएपछि उनीहरु पुनः खोल्न बाध्य भएका हुन ।
कृषकहरुलाई मारमा नपार्न बजार पुनः सुरु गरिएको व्यापारी सुवाषचन्द्र बेडारीले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा पक्राउ परेका व्यापारीको रिहा नभए पुनः बजार बन्द हुने चेतावनी पनि दिनुभयो ।
यसैबीच, कृषक कृष्ण पुण्यप्रसाद भट्टराईले तरकारी कृषकहरुका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार बिहान भेटिएका उनले कृषकहरुलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । भट्टराईले अनुगमन गर्ने तर कृषकहरुलाई सहयोग नगर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
व्यापारीहरुले अनुगमन गरेर नियन्त्रणमा लिएको तरकारीको क्षतिपूर्ति कृषकलाई उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । सरकारी अनुगमनपछि बुधबार बिहानबाट तरकारी बजारमा मूल्यमा पनि केही कमी आएको छ ।
यता, सरकारले उपभोक्ता र कृषकहरुलाई मारमा पार्नेगरी बजार मूल्य बढाएको भन्दै नियन्त्रण गर्न फलफूल तथा तरकारी बजार अनुगमनमा कठाई गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।