त्रिदेशीय टी–ट्वान्टी : नेदरल्याण्ड्सले नेपाललाई दियो एक सय ३७ रनको लक्ष्य

 बैशाख ४, २०७८ शनिबार १५:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–ट्वान्टी  शृङ्खलाको पहिलो खेल अन्तर्गत नेदरल्याण्ड्सँगको खेल जित्न नेपालले एक सय ३७  रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्ले २० ओभरमा चार विकेट गुमाएर एक सय ३६  रन बनायो । उसका लागि बास दि लिडीले सर्वाधिक ४१ रन बनाए । नेपालका सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए । यस्तै सोमपाल कामी र शाहब आलमले एक/एक विकेट लिए । 

आजको खेलमा नेपालबाट नेपालका आसिफ शेख, शाहब आलम र कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा डेब्यु गरेका छन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने भनिए पनि त्रिवि मैदानमा उल्लेख्य दर्शक पुगेका छन् ।

त्रिकोणात्मक शृङ्खला नेपाल, नेदरल्यान्ड्स र मलेसिया रहेका छन् । नेपालले पर्सि मलेसियासँग र ७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खला​को शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया