थप ७ सय ६८ जनामा कोरोना पुष्टि

 बैशाख ४, २०७८ शनिबार १६:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५३ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै ६ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा सङ्क्रमण देखिएको छ । एन्टीजेन सहित पछिल्लो २४ घण्टामा आठ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा दुई लाख ८३ हजार ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७५ पुगेको छ ।

अहिले नेपालमा ५५ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया